एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालद्वारा मोतीविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौँ । सुनकोशी गाउँपालिकाका जनता अहिले दङ्ग छन् । कुनै समय सामान्य नाक, कान घाँटीको उपचार गराउन पनि सिन्धुपाल्चोकदेखि धुलिखेल अस्पतालसम्म धाउनु पर्थ्याे । अहिले सुनकोशी गाउँपालिका–१, ठोकर्पामा एक एक पाइला ठोकर्पा आधारभूत अस्पताल सञ्चालन भएको छ ।

सञ्चालनको पहिलो दिन नै अस्पतालले ४० जना मोती विन्दुको बिरामीको सफल शल्यक्रिया गरेको छ । आँखाको विज्ञहरुले गाउँ घरमा गएर मोतीविन्दु भएको बिरामी पहिचान गरि निःशुल्क शल्यक्रिया गरिदिएको सुनकोशी गाउँपालिका १ का वडा अध्यक्ष कुमार शाहीले बताए ।

शिविरको आयोजना एक एक पाइला फाउण्डेसन र अस्पतालले नै गरेको थियो । आँखा सम्बन्धी विज्ञहरुको उपस्थितिमा उपचार सफल शल्यक्रिया गर्न पाउँदा सेवा लिने वर्ग अती खुसी भएको शाहीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *