गाँजालाई वैधानिकता दिनुपर्ने माग गर्दै हस्ताक्षर अभियान

धनगढी । सरकारले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गर्दै धनगढीमा हस्ताक्षर अभियान थालिएको छ । नेपाल गाँजा वैधानिकता महाअभियान सुदूरपश्चिम प्रदेश समितिले हस्ताक्षर संकलन अभियान थालेको हो ।

धनगढीलगायत प्रदेशका विभिन्न ठाउँमा गाँजाको उपयोगिताका बारेमा दबाबमूलक कार्यक्रम पनि शुरू गरिएको अभियानका संयोजक किरण थापाले बताए । गाँजालाई देशको आयआर्जनको माध्यम बनाउन सकिने भन्दै यसलाई सरकारले वैधानिकता दिनुपर्ने बताए ।

विभिन्न ठाउँबाट १० लाख हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने उनीहरूको लक्ष्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *