प्रभु क्यापिटलद्वारा आयोजना प्रभावितलाई अनलाइनबाटै आईपीओ आवेदन सेवा

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले आयोजना प्रभावित स्थानीयले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित बासिन्दा आफैँले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

सेवा सुचारु ग्र्न क्यापिटलको वेबसाइटबाट आवेदकले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् । यसबाट हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

आवेदन दिइसकेपछि लगानीकर्ताले अनलाइनबाट ईसेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । साथै कनेक्ट आईपीएस वा बैंकमा गई आवेदन फारम सबमिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।

यो वेबसाइटबाट हाल इलाम जिल्लाबासीले इलाम नगरपालिका–१ र ४ मा अवस्थित पुवा २ जलविद्युत आयोजना निर्माण गरीरहेको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *