कामना सेवा विकास बैंकको १६ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ । कामना सेवा विकास बैंकले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा १० असार शुक्रबारबाट कैलाली जिल्लाको जानकी गाउँपालिका–५ को अमौरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

जानकी गाउँपालिका ५ अमौरास्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) लाई शाखारहित बैंकिङ्ग सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको जनाएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष भीमबहादुर चौधरीले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा ५ का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावका साथै बैंकका अन्य कर्मचारीको उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने बैकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *