पोखरामा लगातार वर्षाले सडकसँगै घर भासियो

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा सडकसहित एक घर भासिएको छ । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण महानगर -४ बुढानीलकण्ठ मन्दिर नजिक सडकसहित एक घर भासिएको हो ।

फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो करिब १५ मिटर भासिएको छ । ‘सडक वारि र पारि गरेर पूर्ण रूपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ । तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुर्‍याएको छ,’ वडाध्यक्ष देवीकृष्ण पराजुलीले भने ।

भासिएको सडकको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्ष पराजुलीले स्थलगत निरीक्षण गरेका छन् । वर्षाका कारण महानगरपालिका -१९ मा रहेको भारती माविको प्राङ्गण पनि भासिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *