रविभवनमा बससँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौँ । कालिमाटी-कलंकी सडकखण्डको रविभवनमा एउटा मोटरसाइकल अनियन्त्रित भई बसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको मृत्यु भएकाे हाे ।

बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दूतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दूतराजले चलाएको मोटरसाइकल अनियन्त्रित हँदा दुईवटा बसमा ठोक्किन पुगेको थियो । अनुसन्धानका लागि दुईवटै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *