छतमा सुकाएको लुगा उठाउन जाँदा खसेर युवतीको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका-५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका-४ सुगागाउँ घर भई हाल गौशाला-५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

गए राति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट अचानक लड्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *