कास्कीको लुम्ले र जुमलेपाटीमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको हो ।

बाढी सूचना केन्द्रले सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएकोले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भएमा बाढीपहिरोको जोखिमको खतरा हुने बताइन्छ ।

अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा उच्च सतर्कता अपनाउन भनिएको हो । अविरल वर्षाका कारण शनिबार पोखरा महानगरको हेम्जामा डुबान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *