गण्डकीका अर्थमन्त्री रामजी बरालको पद जोगियो

काठमाडौं । गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बरालको पद जोगिएको छ । सत्तारुढ गठबन्धनमा बराललाई नहटाउने सहमति भएको हो ।

बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग रहेको थियो ।

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु रुष्ट बनेका थिए ।

तर शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा अर्थमन्त्री नफेर्ने सहमति भएको छ । मुख्यमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र अर्थ सचिव बसेर निकास खोज्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *