एकीकृत समाजवादी हस्ताक्षर प्रकरण: ६ सांसद ब्याक, ४ सांसद अझै फ्रन्टमै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसदहरू पार्टी निर्णयविरुद्ध मात्र उभिएनन्, हस्ताक्षर अभियानमा समेत सक्रिय भए ।

समाजवादीले जब बहालवाला मन्त्री फिर्ता बोलाउने र नयाँलाई मन्त्री बनाउने निर्णय गर्यो, त्यो बेलादेखि नै पार्टीभित्र किचलो शुरू भयो । बहालवालामन्त्रीले मन्त्रीबाट नहट्ने भन्दै पार्टीभित्र हस्ताक्षर अभियान चलाए । मन्त्री हेरफेरविरुद्ध १० जना सांसदले हस्ताक्षर गरे ।

हस्ताक्षर गरेका ती १० सांसदमध्ये ६ जना भने आज ब्याक भएका छन् । उनीहरूले हस्ताक्षर फिर्ता लिँदै पार्टीको निर्णय मान्ने बताएका हुन् । हस्ताक्षर फिर्ता लिनेमा पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आले पनि हुन् । उनीसहित हस्ताक्षर फिर्ता लिनेहरूमा धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र बीनादेवी बुढाथोकी रहेका छन् । उनीहरूले हस्ताक्षर फिर्ता लिँदै आफूहरू यसअघि भ्रममा परेको र अब पार्टीको निर्णय मान्ने बताएका छन् ।

६ जना ब्याक भए पनि ४ जना सांसद हस्ताक्षर फिर्ता नगरी अझै फ्रन्टमै उभिएका छन् । हस्ताक्षर फिर्ता नलिई फ्रन्टमै कायम रहनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु रहेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर फिर्ता गरी पार्टीको निर्णय मान्न पटकपटक दबाब दिइरहे पनि यी ४ सांसद डगमगाएका छैनन् । साथै, पार्टीका बहालवाला मन्त्री पनि हस्ताक्षर फिर्ता नलिने अडानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *