असन्तुष्टि कमिटीभित्र पोखौँ, बाहिर पोख्दै हिँड्न छुट छैनः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको चौथो बैठकमा अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई पार्टीको अहित हुनेगरी बाहिर जथाभावी बोल्दै नहिँड्न निर्देशन दिएका छन् ।

आज शनिबार काठमाडौँको बबरमहलस्थित कार्की बैक्वेटमा जारी चौथो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका कुरा बाहिर राख्दै नहिँड्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका हुन् । उनले भने, ‘आवश्यक पर्दा अनेकौं बैठकहरू बस्नुपर्ने हुन्छ । बैठकमा तर्क-वितर्क बहस पनि हुन्छ । तर, त्यसबाट आत्तिनु हुँदैन । वडा पालिकाहरूमा कतिको संगठन बनाउन सकिएको छ कि छैन, नियमित बैठक बस्न सकेको छ कि छैन ? अन्तरविरोध र मत मतान्तरबाट आत्तिनुपर्ने अवस्था छैन ।’

उनले पार्टी कमिटीभित्र शालिन र संयमित रूपमा आफ्ना कुराहरू राख्न पाइने बताउँदै भने, ‘विचारको विषय छ भने त्यो पनि राख्न पाइन्छ । संगठनसँग जोडिएको कुरा पनि राख्न पाइन्छ । कुनै व्यक्तिको मूल्याङ्कनको कुरा छ भने त्यो पनि राख्न पाइन्छ । पार्टीलाई कसरी स्थापित गर्न सकिन्छ, कमिटीमा नभनीकन सार्वजनिक रूपमा भन्ने सार्वजनिक रूपमा लेख्ने, असन्तुष्टिहरू पोख्दै हिँड्ने यस्तो प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’

तत्कालीन एमालेभित्र बैठकमा आलोचित, आत्मालोचित हुने पद्धति र परम्परालाई निषेध गरिएको भएपनि एकीकृत समाजवादीभित्र सो पद्धतिको स्वागत हुने बताउँदै पार्टीको कमिटीमा नभनीकन अन्यत्र भन्दै हिँड्ने प्रवृत्ति नअंगाल्न कार्यकर्ताहरूसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *