एकीकृत समाजवादीको केन्द्रीय कमिटीको चौथौ बैठक शुरू

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको चौथो बैठक शुरू भएको छ ।

आज शनिबार राजधानीको बबरमहलस्थित कार्की बैङ्कटमा बैठक शुरू भएको हो । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्ने निर्णयलगायतका विषयमा छलफल हुने बताइएको छ । राजनीतिक एजेण्डाबाहेक बैठकमा जलवायु परिवर्तन, खाद्य सङ्कट र आर्थिक सङ्कटका विषयमासमेत छलफल हुने बताइएको छ ।

बैठक भोलि आइतबारसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *