पोखराको सुईखेत डुब्यो, चार सयको उद्धार

पोखरा । पोखराको सुईखेत डुबानमा परेको छ । शुक्रबार साँझदेखि अविरल वर्षा भएको छ । पोखरा २५ सुईंखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए ।

नदी थुनिएपछि सबैघर डुवानमा परेकाे उनले बताए । ‘सबै घर डुबेकाे छ । सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छाैं,’ उनले भने, ‘थुनिएकाे ठाउँमा डाेजर ल्याएर खाेला खाेल्दै छाैं । फार्महरु धेरै भएकाेले क्षति बढी छ ।’

करिब डेढसय परिवार रहेकाे र उनिहरूलाई सुरक्षित ठाउँमा राखिसकिएकाे तिमिल्सिनाले बताए । मानवीय क्षति भने भएकाे छैन । प्रभावित क्षेत्रबाट ४ सय जनाको उद्धार गरिएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *