ठाउँ ठाउँमा हैजा भेटिएपछि सरकार गम्भीर, सिंहदरबारमा दिनभर आपतकालिन बैठक

काठमाडौं । संघीय राजधानी काठमाडौंमै हैजा फैलाउने जीवाणु फैलिएर पछि सरकारले आज आपतकालिन बैठक राखेको छ । गृह मन्त्रालय अन्तर्गतको विपत तथा द्धन्द ब्यवस्थापन महाशाखाले स्वास्थ्य, खानेपानीसहित दातृ निकाय र स्थानीय तहका प्रतिनिधिलाई बोलाएर हैजा रोकथाम बारे छलफल भएको महाशाखा प्रमुख प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

‘नेपाल सरकार तथा गृह मन्त्रालयले हैजाका बिरामी बढ्दै जानुलाई गम्भीरतापूर्वक रुपमा लिएको छ ।’ कोइरालाले भने ‘यसको सम्भाब्य क्षेत्र पहिचान गर्न सबै क्षेत्रलाई उच्च सतर्कतामा रहन र यसको विपत कार्ययोजनामा लाग्न भनेका छौँ ।’उनले गम्भीर संकट आइपरे त्यसको सामना गर्न गृह र स्वास्थ्य मन्त्रालयले योजना बनाइरहेको बताए ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका नयाँ बिरामी बढ्दै गएका छन् । अहिलेसम्म ८ जनामा हैजा पुष्टि भएको छ भने मिल्दा लक्षण भएका अरु बिरामीमा पनि संक्रमणको आशंकामा परीक्षण चलिरहेको छ । आज गृह मन्त्रालयमा बसेको सरकारी अधिकारीहरुको आपतकलीन बैठकलेसाथै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पाइपमा प्रदूषित पानी मिल्न सक्ने ठाउँ यकिन गर्ने जिम्मा दिएको हो ।

शुक्रबार मात्र थानकोट, घट्टेकुलो, बूढानीलकण्ठ लगायत क्षेत्रका बिरामीमा हैजा पुष्टि भएको छ । झाडाबान्ता लगायत हैजासँग मिल्दा लक्षण देखिएका धेरै बिरामीलाई निगरानीमा राखी परीक्षण चलिरहेको छ ।

फोहोरमा रहेका जीवाणु खानेपानीको मुख्य पाइपलाइनमा मिसिई हैजा फैलिएको हुन सक्ने सरकारी अधिकारीको प्रारम्भिक आकलन छ । सघन बसोबास भएको काठमाडौंका फरकफरक ठाउँमा हैजा देखिएकाले जीवाणुको स्रोत कहाँ र कसरी फैलिएको छ भनेर यकिन गर्न भने सरकारले सकिरहेको छैन । गृह मन्त्रालयलाई राष्ट्रिय आपतकालीन कार्य सञ्चालनका लागि पूणर् तयारी अवस्थामा रहन र स्वास्थ्य मन्त्रालयलाई उपचार क्षमता दुरुस्त राख्न निर्देशन दिइएको छ । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले राजधानीको फोहोरकै कारण हैजा फैलिएको हुँदा खानेपानीमा कहाँबाट मिसावट भइरहेको छ भन्ने टुंगो नलागेसम्म नियन्त्रण कठिन भएको जनाएको ।

‘एक ठाउँ मात्रै होइन, छरिएका ठाउँमा हैजा देखापरेको छ ।’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले भने ‘एकिनका साथ भन्न सकिन्छ कि पानीमा फोहोरका जीवाणु मिसिएका छन् । तर, कहाँ र कसरी मिसिए भन्ने कुरा केयूकेएलले प्रष्ट नपारुन्जेल भन्नै सकिएन । ’

दासले खानेपानीको मिसावट एकिन गर्न केयूकेएललाइ खानेपानी मन्त्रालयले निर्देशन दिएबमोजिम पानीको चुहावट भएको मिसावट भएको ठाउँ हेरिरहेको छ । तर, वर्षा यामको कारण र असारे बजेटमा भित्रि सडकमा बनाउन अनि मर्मत गर्न थालिएको कामले अवरोध सृजना भएको छ । जसले स्वास्थ्य मन्त्रालयलयका अधिकारीलाई हैजाको स्रोत पत्ता लगाउने मुस्किल भइरहेको छ । तर, वर्षायाममा फोहोरको थुप्रोबाट बगेको पानी खानेपानीमा मिसिने हुँदा यसले थप संक्रमण फैलिने चेतावनी चिकित्सकले चेतावनी दिएका छन् ।

सरकारले काठमाडौँ महानगरसहित विश्व स्वास्थ्य संगठन र यूनिसेफलाइ हैजा नियन्त्रणमा सहकार्यका लागि आग्रह गरेको छ । हैजा फैलिएका स्थानीय तहबाटै सचेतनामूलक कार्यक्रम गर्न भनिए पनि पूणर्रूपमा फोहोर व्यवस्थापन नभइसकेको र पानीको अपर्याप्तता रहेको काठमाडौंमा हैजा नियन्त्रण चुनौतीपूणर् हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *