पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबारकाे ११ औं नगर सभाले आगामी आवको लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँकाे बजेट प्रस्ताव गरेकाे हाे ।

प्रस्तुत बजेटमा केन्द्रगत रूपमा नगर कार्यपालिकाको कार्यालयतर्फ १ अर्ब २५ करोड, सामाजिक विकासमा २ अर्ब ६ करोड, शिक्षामा १ अर्ब ४९ करोड, स्वास्थ्यतर्फ ५० करोड ८ लाख, कृषिमा १६ करोड ७३ लाख, वडा कार्यालयतर्फ ७२ करोड र पूर्वाधातर्फ ४ अर्ब ५३ करोड छुट्याइएकाे छ ।

सबैभन्दा बढी पूर्वाधारतर्फ ५१ प्रतिशत बजेट छ । पूरा बजेटमध्ये संघ सरकार अनुदानबाट २ अर्ब ५८ करोड, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आयबाट ३ अर्ब १ करोड पाउने अनुमान छ ।

यस्तै, राजस्व बाँडफाँडबाट ३७ करोड ३७ लाख व्यहोरिने महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *