बालबालिकासम्बन्धी कसुरमा स्कुलका सञ्चालक पक्राउ

काठमाडौँ कास्कीको माछापूच्छ्रे गाउँपालिका-४ स्थित ज्ञान ज्योती इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।

सोही ठेगाना बस्ने ४८ वर्षीय रामचन्द्र शाहीले सोही आफैले सञ्चालन गर्दै आएको स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई बाल यौन दुर्व्यवहार गरेको जाहेरी परेपछि प्रहरीले शाहीलाई पक्राउ गरेको हो । शाहीलाई बाल यौन दुर्व्यवहार, अप्राकृतिक मैथुन तथा बालबालिकासम्बन्धी कसुरको अनुसन्धानका लागि सम्मानित जिल्ला अदालत, कास्कीबाट ५ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका सम्बन्धमा सोधपुछ एवं खोजबिन भइरहेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *