पुँजी बजार सुधार संघर्ष समिति र सेबोनबीच सम्झौता, कोइरालाले तोडे अनशन

काठमाडौँ । पुँजी बजार सुधार संघर्ष समिति र धितोपत्र बोर्डबीच पुँजी बजार सुधारका लागि सम्झौता भएको छ ।

सम्झौतापछि पुँजी बजार विस्तार तथा सुधारका लागि भन्दै विभिन्न माग राखेर आमरण अनसनमा बसेका पूर्व पत्रकार एवं सेयर लगानीकर्ता तीलक कोइरालाले अनशन तोडेका छन् ।

१ असारदेखि अनुसनमा बसेका कोइरालाले राखेकाे १९ बुँदे माग पूरा गर्न  ६ बुँदे सम्झौता भएपछि शुक्रबार तनशन तोडेका हुन् ।

सम्झौता पत्रमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र संघर्ष समितिका कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएका विषयलाई कार्यान्वयनमा लागि बोर्ड र समितिमा प्रतिनिधि रहने गरी संयुक्त समितिसमेत गठन गरिएको छ ।

समितिमा बोर्डका कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ रहेका छन् । समितिबाट रोहन कार्की र एसपी चौलागाईं रहेका छन् ।

यस्ताे छ सम्झाैता पत्र

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *