सेयर बजार १३ अंकले बढ्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा केही सुधार देखिएको छ । यस दिन २ घण्टाको खुलेको बजारमा सेयर बजार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको छ ।

यस दिन १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँमा ३५ लाख ४१ ह्जार ५ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १५० कम्पनीको सेयर मूल्य बढेको छ । ४१ कम्पनीको सेयरमूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन न्यादी हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त, राधी विद्युत् कम्पनी, मनकामना स्मार्ट लघुवित्तलगायत कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो जस्ता कम्पनीको सेयर मूल्य घटेको छ ।

यसअघि साताको ५ दिन मात्रै हुँदै आएको सेयर कारोबार असारदेखि साताको ६ दिन (शुक्रबार पनि २ घण्टा) हुन थालेको हो । लगातार घटिरहेको सेयर बजार साताको अन्तिम दिन भने बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *