मुक्तिनाथ विकास बैंकका ग्राहकलाई इस्माइल मेकर्स् डेन्टल होममा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन ललितपुरको गोदावरीस्थित इस्माइल मेकर्स डेन्टल होमसँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले ललितपुरमा रहेको इस्माइल मेकर्स् डेन्टल होममा दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्ने सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *