एनएमबि बैंकका ग्रहकले डिजिटल भुक्तानी गर्दा धनगढीको भाटभटेनीमा छुट पाउने

काठमाडौँ । एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी ईएनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकले १० प्रतिशत वा ५०० सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको जनाएकाे छ ।

यो योजना २६ जुन, २०२२ देखि सीमित अवधिका लागि प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुन लागेको छ । एनएमबि बैंकले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको जनाएको छ ।

यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबी ग्राहकलाई लक्षित गरी ल्याइएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले ग्राहकलाई डिजिटल कारोबारको उपयोगिताको महत्व बढाउन यस्ता अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *