किशोरीमाथि यौन हिंसा प्रयास, फर्निचर सञ्चालक पक्राउ

पोखरा । ९ महिनाअघि एक किशोरीलाई यौन हिंसा गरेको आरोपमा पोखराबाट १ जना पक्राउ परेका छन् । १८ वर्षकी किशोरीलाई करणी प्रयास गरेको आरोपमा पोखरा न्युरोड स्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल पक्राउ परेका हुन् ।

मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर जोगिएको र त्यसपछि पनि यौन हिंसा गरिरहेको किशोरीको आरोप छ ।

मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाईफकाइ गर्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *