प्रज्ञाको ‘राष्ट्रिय कविता महोत्सव- २०७९’ सम्पन्न, नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औं वार्षिकोत्सवका उपलक्ष्यमा आज बिहीबार प्रतिष्ठानको प्रेक्षालयमा राष्ट्रिय कविता महोत्सव आयोजना भई सम्पन्न भएको छ ।

प्रतिष्ठानमा आज आयोजित ‘राष्ट्रिय कविता महोत्सव- २०७९’ मा देश र विदेशका विभिन्न भागबाट प्रतियोगीहरू सहभागी भएका थिए सहभागीमध्ये प्रथम, द्वितीय र तृतीय हुने कविहरूको नाम प्रतिष्ठानले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

‘संकल्प’ शीर्षकको कविताका लागि सुनसरीका कवि टीका आत्रेय प्रथम भएका छन् भने ‘आगोमा फूलको देश’का लागि धादिङका कवि यात्रीप्रकाश पाण्डे द्वितीय भएका छन् ।

यसैगरी, तृतीय स्थानमा तीनजना कवि छनोट भएका छन् जसमध्ये कविता ‘चरिसो फूल’का लागि कवि सीता तुम्खेवा, ‘बुबाको सिलाइ मेसिन’ का लागि कवि किरण सिवा, ‘सपना उम्रन्छ माटोमा’ का लागि कवि कमलराज केसी चुनिएका छन् ।

प्रज्ञाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारी राष्ट्रिय कविता महोत्सव गर्दै आएको छ । ६४ औं वार्षिकोत्सवमा भोजपुरकी कविता राईको ‘देशको नक्शा’ कविता पहिलो भएको थियो ।

विज्ञप्ति:
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *