स्वास्थ्य बीमा बोर्डले भुक्तानी चाँडै दिने, सेवा सुचारु राख्न आग्रह

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दिइरहेका संस्थालाई बीमा कार्य सुचारु नै राख्न आग्रह गरेको छ । बीमितको स्वास्थ्य उपचारबापत सेवा प्रदायक संस्थाले पाउनु पर्ने रकम भुक्तानी चाँडै दिने भन्दै बोर्डले सेवा सुचारु राख्न एक विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

‘स्वास्थ्य बीमा कोषमा व्यवस्थापन तथा संचालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था छ,’ विज्ञप्तिमा भनिएको छ,’ परीक्षण भएका दाबी रकमलाई भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बोर्ड लागिपरेको छ ।’

बोर्डले भुक्तानी नदिँदा सरकारी तथा निजी अस्पतालले सेवा बन्द गर्ने चेतावनी दिइरहेका छन् । स्वास्थ्य बीमा दाबीको क्रम बढीरहेको र दाबी प्रविष्ट गर्ने तथा परीक्षण गर्ने जनशक्तिको अभाव भएकोले भुक्तानीमा ढिलाइन भएको समेत बोर्डले स्पष्ट पारेको छ ।

चालू आर्थिक वर्षको १५ जेठसम्म परेको १८ लाख ५३ हजार ९ सय ५३ दाबीलाई हाल परीक्षण गर्ने काम भइरहेको छ ।

हाल स्वास्थ्य सेवा प्रदायक संस्थाले दैनिक २५ देखि ३० हजारको संख्यामा दाबी गरिरहेका छन् ।

देशभरका ४५० वटा स्वास्थ्य संस्थाले बोर्डसँगको सम्झौतामा बीमा कर्ताको स्वास्थ्य परीक्षण तथा उपचार गरी दाबी माग गरिहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *