काठमाडौँको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौँ नगरपालिका २५ असन बजार मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा आरम्भ गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीको उपस्थिति रहेको थियो । असन शाखा सञ्चालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।

२०७८ चैत्र मसान्त सम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *