सुदूरपश्चिममा पुन: बढ्न थाले काेराेना संक्रमित : बिहीवार मात्रै ९ जनामा संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेश केही दिनयता कोरोना भाइरस संक्रमितहरू फेला पर्न थालेका छन् । स्वास्थ्य निर्देशनालय दीपायलकाअनुसार बिहीवार मात्रै प्रदेशमा ९ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयको तथ्यांकअनुसार ३०७ जनाको एन्टिजेन र २१ जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा ६ जना र कैलाली-कञ्चनपुरमा ३०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हाल १९ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये एक जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो एक हप्तामा २० जनामा कोरोनाको संक्रमण देखिएको छ । बुधवार मात्रै पाँच जनामा संक्रमण देखिएको थियो । गएको फागुनयता यो रोगका कारण हुने मृत्यू दर भने शून्य छ । भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढ्ने जोखिम देखिएकोे सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीहरू बताउँछन् ।

भारतबाट भित्रिनेहरू आफ्नो नमूनाको नतिजा नआउँदै गन्तव्यमा हिँड्दा समस्या भइरहेको उनीहरूको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसंख्या मध्ये अधिकांशले पूर्ण मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *