आइएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच नगदरहित सेवा सम्झौता 

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्टिच्युट प्रालिबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पतालका  अपरेशन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म नगदरहित उपचार सुविधा प्राप्त गर्न सकिने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *