रोकिएन नेप्सेको ओरालो यात्रा, ४५ अंकले घट्यो सेयर बजार

कठमाडौँ । साताको पाँचौ कारोबार दिन बिहीबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ बिन्दुमा ओर्लिएको छ । यस दिन १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६ सय ३४ रुपैयाँमा ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन सूचिकृत मध्ये १७८ कम्पनीको सेयर मूल्य घटेको छ । जम्मा १५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन १३ वटै समूहगत सूचक ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *