सिद्धार्थ बैंकले ४ अर्बको ४० लाख कित्ता ऋणपत्र जारी गर्दै

१०.७५ प्रतिशत ब्याज पाइने

काठमाडौँ । सिद्धार्थ बैंकले शुक्रबारदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य रहने ‘१०.७५ प्रतिशत एसबिएल डिवेन्चर २०८९’ निष्कासन तथा बिक्री गर्ने जनाएको हो ।

बैंकले जारी गर्न लागेको उक्त ४० लाख कित्ता ऋणपत्रमा वार्षिक १०.७५ प्रतिशत ब्याज पाइने जनाएको छ । डिबेञ्चरको अवधि १० वर्षको हुने बैंकले जनाएको छ ।

कुल ४० लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र निजी क्षेत्रका लागि बिक्री गरिने र बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

उक्त १६ लाख कित्ता मध्ये ५ प्रतिशतले हुन आउने ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइने छ ।

इच्छुक लगानीकर्ताले १० असारदेखि १४ असारसँग आवेदन दिन सक्ने बैंकले जनाएको छ । मागबमोजिम आवेदन नपरे २४ असारसम्म आवेदन दिन पाइने म्याद थप हुने समेत जनाएको छ । उक्त ऋणपत्र बिक्रीका लागि बैंकले कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता र अघिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *