डलरको भाउ हालसम्मकै उच्च, महँगी चर्किने संकेत

एक डलरकै मूल्य १२५.७२ रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस दिन १ डलरको भाउ १२५ रुपैयाँ १२ पैसा खरिद मूल्य र १२५ रुपैयाँ ७२ पैसा बिक्री मूल्य पुगेको छ ।

हाल विश्वभरकै मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य बढेको छ । खास गरी अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर बढाएपछि डलरको भाउ बढेको हो ।

तर, डलरको तुलनामा नेपाली मुद्रा स्वतः कमजोर भएको भने होइन । नेपाली मुद्राको भारतीय मुद्रासँग स्थिर बिनिमय दर (पेग्ड) कायम रहेको छ । यसले गर्दा डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदा नेपालमा डलरको भाउ घट्छ । भारतीय मुद्राको तुलनामा डलर बलियो हुँदा नेपालमा पनि डलरको भाउ महिँगिन्छ ।

डलरको भाउ बढ्दा खास गरी अमेरिकी डलरमा आयात गर्नुपर्ने वस्तुहरुको मूल्य बढ्छ । यसले समग्रतामा महँगी बढाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *