अर्थमन्त्रीको अडानले संसद् बैठक अनिश्चित

पोखरा । गण्डकीमा बजेट निर्माणको विवादले सत्तापक्षले नै संसद् अघि बढ्न दिएको छैन । अर्थमन्त्री रामजी बरालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नराखेपछि उत्पन्न विवाद झनै गहिरिएको छ ।

सांसदले कानून निर्माण गर्नुपर्ने भन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोकेका उनले सत्तारुढ सांसदलाई भने ५ करोडका दरले योजना दिएका थिए । अहिले एउटा कार्यक्रम छुटेकोमा भन्दा मन्त्रालयको सिलिङ बढाएर अर्थमन्त्रीले आफ्ना कार्यक्रम हालेको आरोप अरू मन्त्रीहरूको छ । ‘मेरो मन्त्रालयलाई दिइएको सिलिङ कम थियो । बजेट आउँदा अरबौँ बढेको छ । यसरी बजेट कहाँबाट बढ्छ ?,’ उनले भने, ‘अर्थमन्त्री ज्यूले आफ्ना कार्यक्रम हालेर बजेटको आकार बढाउनुभयो ।’

यो पनि : अर्थमन्त्री बराल भन्छन्- ‘अब बजेट तलमाथि हुँदैन, बरु डटेर सामना गर्छु’

५ असारका लागि बोलाइएको बैठक अर्थमन्त्रीले कार्यक्रम काटेका कारण सत्तापक्षबाटै रोकिएको छ । आउँदो आइतबारबाट बैठक चलाउन सहमति खोजिएपनि पुनः भाँडिएको एक नेताले बताए । ‘बैठक बसेको थियो । आइतबारबाट चलाउन लगभग सहमति भएको थियो । अर्थमन्त्री ज्यू लचिलो हुनुभयो,’ उनी भन्छन्, ‘तर अरू मन्त्रीहरूले विश्वास गर्नुभएको छैन । पहिले रातो किताब माग्नुभएको छ ।’ अर्थमन्त्री रामजी बरालले रातो किताब तयार भैसकेको बताए । तर उनले पुस्तक कसैलाई देखाउन मानेका छैनन् ।

थप : …जब मन्त्रिपरिषद्‌को निर्णय अर्थमन्त्रीले अटेर गरे

अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कुनै हालतमा नराख्ने घोषणा गरिसकेका छन् । यद्यपि सत्तारुढसँगै प्रमुख प्रतिपक्षी दल एमाले समेत उक्त कार्यक्रम राख्न सहमत भएको छ । कांग्रेस र माओवादीको संसदीय दलको बैठकले कार्यक्रम राख्नैपर्ने दबाब सहितको निर्णय गरेको छ । अर्थमन्त्रीले आफ्नो बचनमा अडिग रहेपछि आइतबार सदन चलाउन सहमति जुटाउने प्रयास पनि विफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *