अख्तियारी दुरुपयोग आरोपमा प्रहरी निरीक्षक कुर्मी बर्खास्त

काठमाडौँ । प्रदेश २ को बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रहरी निरीक्षक राजु कुर्मी प्रहरी सेवाबाट बर्खास्त भएका छन् ।

प्रहरी आचरण विपरीत क्रियाकलाप गरेको अरोपमा कुर्मी बर्खास्त भएका हुन् । अख्तियार दुरुपयोग रोक्नुपर्ने निकायका प्रहरी निरीक्षकले नै अख्तियारको दुरुपयोग गरेको भन्दै उनीमाथि उजुरी परेपछि प्रहरी प्रधान कार्यालयसमेत सो मुद्दामा तानिएको थियो । उनीमाथि पैसा उठाएको र प्रहरी संगठनविरुद्ध लागेको आरोप छ ।

घटनामाथि छानबिन गर्दा प्रदेश २ प्रहरीमा कार्यरत रहँदा अख्तियारीको दुरुपयोग गरेको फेला परेपछि कुर्मीको निलम्बनका लागि प्रहरी प्रधान कार्यालयलाई आयोगले पत्र पठाइएको हो । आयोगगो पत्र प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको छ । यससँगै प्रहरी प्रधान कार्यालयले बर्खास्तीका लागि गृह मन्त्रालयमा पत्र पठाएपछि हिजो मंगलबार मन्त्रालयमा बैठक बसी बर्खास्ती माग पारित भएको हो ।

मन्त्रालयलको बैठकले कुर्मीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट बर्खास्त गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *