घुस लिन उक्साउने अधिवक्ता पोखरेलसँग बार काउन्सिलले स्पष्टीकरण माग्ने

काठमाडौँ । कानून व्यवसायी परिषद (बार काउन्सिल)ले नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टीकरण सोध्ने भएको छ ।

पोखरेलले जिल्ला न्यायाधीश न्यायाधीश राजुकमार कोइरालासँग प्रधानन्यायाधीशलाई मिलाएर घुस लिई ठगी मुद्दा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छुटाउन गरेको टेलिफोन संवादको अडियो टेप बाहिरिएको थियो ।

उक्त संवाद बाहिरिएपछि बुधबार बसेको काउन्सिलको बैठकले अधिवक्ता पोखरेलसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

काउन्सिलले स्पष्टीकरण प्राप्त भएपछि अधिवक्ता पोखरेलको विषयमा थप निर्णय लिने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *