सुर्खेतको कपासेमा जल तथा मौषम विज्ञान कार्यालयको जिप दुर्घटनाग्रस्त

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका कपासे नजिक कोहलपुर बाँकेस्थित जल तथा मौषम विज्ञान कार्यालयको जिप दुर्घटनामा परेको छ ।

आज बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको जिप दुर्घटनामा परेको हो । ५ जना सवार बा १ झ ८७८४ नं को बोलेरो जिप सडकबाट २० मिटर तल खसेको बताइएको छ ।

उक्त जिप वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मत कार्य सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गर्दा सुर्खेत–दैलेख सडकखण्डको कपासेदेखि माथिको मोडमा पुगेर भिरबाट खसेको हो । सशस्त्र प्रहरी बल रक्तकाली गण बाङ्गेसिमलका एसपी बिमल डाँगीकाअनुसार दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

घाइतेहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ भने मृतकको पहिचान खुलिसकेको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी डाँगीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *