आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याकसँगै ३०० छुट

काठमाडौँ । ‘आईएमई पे’ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ ।

‘उच्च तापक्रममा उच्चत्तम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको अफर मार्फत यात्रुले मंगलबार र शनिबारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप ३०० सय रुपैयाँ बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाएको छ ।

साधारणतया अरु वालेट एपभन्दा बढी क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधिभर हप्ताको २ दिन (मंगलबार र शनिबार) केवल १ घण्टाको लागि सो अफरमार्फत थप ३०० सय रुपैयाँ बोनस यात्रुहरुलाई प्रदान गर्ने जनाएको छ ।

असार ७ गतेदेखि शुरु भएको उक्त अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *