बिहीबारदेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि असार ९ गते बिहीबारदेखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप प्रदान गर्ने भएको छ ।

मन्त्रालयको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै पहिलो चरणमा असार ९ गतेदेखि १५ गतेसम्म देशका २७ वटा जिल्लाका सम्बन्धित उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइने जानकारी गराएको हो ।

पहिलो चरणका लागि चुनिएका २७ जिल्लाहरूमध्ये प्रदेश १ बाट झापा, इलाम, मोरङ र सुनसरी रहेका छन् भने मधेश प्रदेशबाट सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी रहेका छन् । त्यस्तै, बागमती प्रदेशबाट काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर चुनिएका छन् भने गण्डकी प्रदेशबाट कास्की र नवलपरासी पूर्व छनोटमा परेका छन् ।

पहिलो चरणका लागि लुम्बिनीबाट नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया छनोटमा परेका छन् । कर्णाली प्रदेशबाट भने पहिलो चरणको खोपका लागि मात्र एक जिल्ला सुर्खेत चुनिएको हो । यसैगरी, सुदूरपशचिमबाट छानिएका जिल्लामा कैलाली, कञ्चनपुर र डडेलधुरा रहेका छन् ।

साथै, मन्त्रालयबाट जारी सूचनामा बाँकी ५० जिल्लालाई दोस्रो चरणको खोप अभियानमा समेटिने जनाएको छ । दोस्रो चरणको खोप अभियान भाद्र २७ देखि असोज १ गतेसम्म चल्ने जनाइएको छ ।

सूचनाः
May be an image of ‎text that says '‎ឬ वर्ष पुरा भइ १ वर्ष मुनिका 公介 बालबालिकालाई कोमिड विरुद्धको फाइजर खोप पहिलो चरण अन्तर्गत २७ वटा जिल्लामा असार Q देखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण ၃ देखि ح गतेसम्म दोश्रो मात्रा खोप दिइदै छ। आफनो नजिकैको विदयालयमा रहेको खोप केन्द्रमा लगि खोप लगाउनुहोला। कोमिड दोश्रो चरणमा बाँकी रहेका y0 वटा जिल्लामा भाद्र y देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भाद्र ጋ७ देखि असोज १ गते सम्म दोश्रो मात्रा खोप दिईनेद। खोप नि शुल्क पाइन्छ खोप सुरक्षित छ खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्डहरुको पालना खोपले जीवन रक्षा गछ नेपाल जनसंख्या मन्त्रालय बेलावेलामा तथा सत्चार‎'‎
May be an image of text

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *