यसरी रमाइन् आरजु २५५ मिटर अग्लो स्काइ क्याफेमा (तस्बिरहरु)

कुश्मा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी छन् ।

कालीगण्डकी नदिदेखि २ सय ५५ मिटर अग्लो भीरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा राणाले नेपाली काङ्ग्रेसका नेता अर्जुन जोशीलगायत कार्यकर्तासँगै बसेर आनन्द लिएकी हुन् ।

पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफीसहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिव्यक्ति दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्कअन्तर्गत नै पाइन्छ ।

पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने उद्देशले स्काइ क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

तस्बिरहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *