एससीटी र मोरूबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मोरु डिजिटल बालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार यस सम्झौतासँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । मोरू वालेट मार्फत विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।

उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फस्र्यौत गर्ने भएकाले ईएमभी स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

पे नेप (मोरू) कोे कार्यलयमा आयोजित कार्यक्रमबीच स्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच स्मार्ट क्यूआर सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *