प्रेस्क्रिप्सनबिना औषधि बिक्री गर्ने फार्मेसी सञ्चालकसहित अन्य ३ युवा पक्राउ

काठमाडौँ । आज बुधबार लागूऔषध दूर्व्यसनमा परेका व्यक्तिहरूलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका- ५ घर भई हाल काठमाडौँ तारकेश्‍वर नगरपालिका- ५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्कीसहित अन्य तीनजाना रहेका छन् । कार्कीसँगै पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका- १ निवासी  २२ वर्षीय राज कुमार तामाङ र २२ वर्षीय सानु तामाङ र काठमाडौँ तारकेश्‍वर नगरपालिका- ५ गोलढुङ्गा बस्ने २४ वर्षीय सञ्जय पुतुवार रहेका छन् ।

गंगाजमुना फार्मेसीमा बिनाइजाजत अवैध रूपमा औषधिहरू बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा सूचना पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै, फार्मेसीबाट ४ सय ५० ट्याब्लेट स्पास्पेन, २ सय ४० ट्याब्लेट ट्रमा र ५ सय क्याप्सुल ट्रमाडोल प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *