यसवर्षको रोपाइँ महोत्सव हेमजामा

पोखरा । पोखरा पर्यटन परिषद्ले हरेक वर्ष मनाउँदै आएको रोपाइँ महोत्सव यो वर्ष हेमजामा हुने भएको छ । पोखरा २५ देविस्थान सेवा समाज हेमजाले सहआयोजना गर्ने १७ औँ रोपाइँ महोत्सवको तयारी शुरु भइसकेको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा परिषद्ले सधैँ रोपाइँ महोत्सव आयोजना गर्दै आएको छ । कोरोना सङ्क्रमणका कारण गएका २ वर्ष महोत्सव हुन सकेन । अहिले सङ्क्रमण घटेका कारण महोत्सव गरिने परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

नेपाल सबै सिजनका लागि घुम्न सम्भव छ भन्ने सन्देश दिन महोत्सव गर्न लागिएको उनले बताए । खेतीयोग्य जमिनको संरक्षणसँगै खेतीमा किसानलाई प्रोत्साहन गर्न तथा कृषिलाई व्यवसायीकरण गर्नका लागि महोत्सव गर्ने गरिएको बताए ।

रोपाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड प्रतियोगितालगायत कार्यक्रम गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =