न्यायाधीश र वकिलबीच भएकाे १० करोड लेनदेनकाे अडिओ सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडाैँ । न्यायाधीश र वकिलबीच १० करोड लेनदेनकाे अडिओ सार्वजनिक भएपछि न्यायपरिषद्को आकस्मिक बैठक बोलाइएकाे छ । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो बस्नेगरी आकस्मिकरूपमा न्यायपरिषद्को बैठक डाकेका न्यायपरिषद्का एक सदस्यले बताए । उनकाअनुसार दिउँसाे १ बजे बस्नेगरी बैठक बाेलाइएकाे छ । उनले भने, ‘१ बजेतिर आकस्मिकरूपमा बैठक बाेलाइएकाे छ ।’

बताइएअनुसार काठमाडाैँका न्यायाधीश राजकुमार कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको हाे । यसअघि न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएशनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडाैँका जिल्ला न्यायाधीश कोइरालाबीचकाे करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको छ ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए । ती सदस्यले भनेका छन्, ‘याे गभ्मीर विषय हाे । यसमा छलफल हुनैपर्छ भन्ने पक्षमा हामी पनि छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =