दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँड हुँदै

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड हुँदैछ । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा आज बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरिनेछ ।

कम्पनीको आईपीओमा अन्तिम दिन ३१ जेठसम्ममा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८ गुणा बढी हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको थियो ।

त्यसमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर मात्रै वितरण हुनेछ । त्यस अनुसार २ लाख १ हजार ९८६ जनाले मात्रै १० कित्ता सेयर पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *