बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ २ जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । गत जेठ १० गते काठमाडौँको चाबहिलस्थित एक कलेजमा अध्ययनरत नाबालिग छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कलेजका कोर्ष को-अर्डिनेटर र शिक्षकलाई प्रहरीले उजुरीका आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका- वडा नं. ०१ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- वडा नं. ०८ बस्ने ४७ वर्षीय जनार्दन अधिकारी र काठमाडौँको कागेश्वरीकै वडा नं. ०७ निवासी ५१ वर्षीय राजन कुमार पौडेल रहेका छन् ।

तीनजना पीडित छात्रा र निजका अभिभावकहरूले प्रहरी वृत्त गौशालामा जाहेरी दरखास्त दिनासाथ पीडित
फरार अभियुक्तलाई खोजी गरी प्रहरीले पक्राउ गरेको हो । साथै, नाबालिग छात्राहरूको प्रसुती गृह अस्पताल, थापाथलीमा विस्तृत स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

आरोपितद्वय अधिकारी र पौडेलमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुर्व्यवहार गर्न नहुने सम्बन्धी कसूर मुद्दामा सम्मानीत काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान गरिएको हो ।

प्रहरीको अनुसन्धानपश्चात/ रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा पठाइएपछि वकीलको कार्यालयबाट काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस चलेपछि आज मंगलबार अदालतले दुवै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो ।

हाल उनीहरूलाई डिल्लीबजार कारागारमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =