पोखरा महानगरको कार्यपालिका बैठक डिनरसहित रिसोर्टमा

पोखरा । आज मंगलबार पोखरा महानगरपालिकाले आफ्नो कार्यपालिका बैठक पोखराकै एक रिसोर्टमा आयोजना गरेको छ ।

भोलि बुधबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको पोखराले त्यसको छलफल र निर्णय गर्नका लागि डिनरसहितको बैठक आयोजना गरेको हो । पोखराको हल्लनचोकस्थित एक रिसोर्टमा कार्यपालिकाका सबै सदस्य सहभागी छन् ।

मेयरका प्रेस संयोजक गोविन्द सुवेदीले नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि रिसोर्टमा कार्यक्रम गरिएको बताए । महानगरमा साँघुरो भएका कारण बाहिर बैठक राखिएको वडाध्यक्षहरूको भनाइ छ ।
‘महानगरमै गरेपनि हुने हो । तर मेयरसा’ब ले साँघुरो भयो भन्नुभयो,’ उनीहरूले भने, ‘धेरै विषयमा छलफल र निर्णय गर्नुपर्ने भएकोले एकाग्रता खोजिएको हुनसक्छ ।’ यसबारे बुझ्न मेयरलाई फोन गर्दा उठेन ।

यसअघि पनि मेयर धनराज आचार्यले कार्यपालिका सदस्यहरूलाई अन्नपूर्ण गाउँपालिकाको एक रिसोर्टमा राखेर तालिम आयोजना गरेका थिए । पछिल्लो समय मेयरले गरेका कार्यक्रम र निर्णयहरूको आलोचना बढेको छ ।

हाल बैठक जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *