वायु सेवा सञ्चालक संघका अध्यक्ष थापा पक्राउ पर्न सक्ने

काठमाडौँ । वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुन सक्ने देखिएको छ । यसका लागि नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई निवेदनसहित आग्रह गर्ने तयारी गरेको समेत बुझिएको छ ।

गृह मन्त्रालयले २६ जेठमा हवाई सेवालागयत २५ वटा सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेर ती सेवाक्षेत्रमा बन्द हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकारिशत गरेको थियो ।

उक्त सूचनाअनुसार हवाई सेवा बन्द गर्न नपाइने सेवाभित्र पर्छ । तर, वायु सेवा सञ्चालक संघले बुधबारदेखि नेपालका सबै आन्तरिक हवाई उठान सेवा ठप्प पार्ने निर्णय गरेको छ । उक्त निर्णय गरेपछि संघका अध्यक्ष थापा पक्राउ पर्न सक्ने देखिएकाे हाे ।

त्यस्तै, प्राधिकरणले बुधबार उडान नगर्ने वायु सेवा कम्पनीको उडान अनुमतिसमेत खारेज गर्ने तयारी गरेको छ ।

आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै सरकारले हवाई अड्डा वा हवाई जहाजको रेखदेख, त्यसको संचालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *