सेञ्चुरी बैंकले स्मार्ट क्युआर प्रयोगमा ल्याउने

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले स्मार्ट क्युआर प्रयोगमा ल्याउने भएको छ । यसका लागि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउने व्यवसायिक सम्झौता भएको बैंकले जनाएको छ ।

स्मार्ट क्युआर प्रयोगमा आएपछि सेञ्चुरी बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप ‘सेन्चुरी पे’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा स्मार्ट क्युआरबाट भुक्तानी गर्न सक्ने छन् ।

सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजू र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *