नबिल बैंकको कामु सीईओमा सुजित शाक्य

काठमाडौँ । नबिल बैंकको कायम मुकामु(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिले शाक्यलाई कामु सीईओमा नियुक्त गरेको हो । बैंकका सीईओ अनिल केशरी शाहको कार्यकाल सोमबारबाट सकिएपछि समितिले शाक्यलाई कामु सीईओ बनाएको हो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रक्रिया जारी छ । बंगलादेशलाई प्राप्ती गरेपछि नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त हुन्छन् ।

बंगलादेशलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न बैंकको ७ जेठमा बसेको विशेष साधारण सभाले १७ असारदेखि लागु हुने गरी ढुंगानालाई सीईओ नियुक्त गर्ने प्रस्तावसमेत अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *