कामना सेवा विकास बैंकका ८ शाखाका शौचालय सार्वजनिक प्रयोगमा ल्याइने

काठमाडौँ । कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरु मध्य बैंकका ८ वटा शाखा कार्यालयहरुका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने गरी मंगलबार काठमाडौँ महानगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप कामना सेवा विकास बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ ।

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बसनेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौँलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यबद्धता जनाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *