चितवनमा स्कुल बसको ठक्करबाट एकको मृत्यु, एक घाइते
२०७९ असार ७ गते

चितवन । चितवनमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् । भरतपुर–४ अनुपम चोकमा आज बिहान १० बजे होलिभिजन पव्लिक स्कल बसले मोटरसाइकललाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ ।
ना १ क ३५९६ नम्बरको स्कुल बसको ठक्करबाट ना ३३ प ३६६६ नम्बरको मोटरसाइकलमा सवार बाग्लुङ हरिया गाउँपालिकाका ३४ वर्षका विनोद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
मोटरसाइकल चालक बाग्लुङ जिल्ला हरिया गाँउपालिकाका ३४ वर्षीय आयुष बोहोराको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बोहोराको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
२०७९ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








