सिन्धुलीको खुरकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । राजधानीको सिनामंगलस्थित केएमसी अस्पतालले सिन्धुलीको खुरकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

हिजो सोमबार सुनकोशी सामुदायिक अस्पतालको आयोजनामा कलन्जर गाउपालिका वार्ड नं ७, खुरकोटमा शिविर सञ्चालन गरिएको हो । सुनकोशी अस्पतालको प्राङ्गणमा सञ्चालन भएको उक्त शिविरबाट १३ सय २३ जनाले लाभ लिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा १ सय ५२ जनाको इसीजी, २ सय २१ जनाको ल्याव, १ सय ८५ जनाको यूएसजी र २७ जनाको दाँत खोलिएको छ भने ३८ जनालाई भने शल्यक्रियाका लागि रेफर गरिएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सबैको पहुँच पुगोस् भनेर निःशुल्क स्वास्थ्य शिविरलाई तिव्रता दिइएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले बताए ।

पछिल्लो समय केएमसीले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *