गगन थापा निर्वाचित क्षेत्रमा इञ्जिनियर आकर्षण पोखरेलको उम्मेदवारी घोषणा

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ मा इञ्जिनियर आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । सो क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापा सांसद रहेको क्षेत्र हो ।

इञ्जिनियर  पोखरेलले परिवर्तन जरुरी रहेको बताउँदै आफू मैदानमा आएको बताएका छन् । उनले भने, ‘परिवर्तन जरूरी छ । अब पर्खिन सकिँदैन । अहिलेको अवस्थालाई परिवर्तन गर्न सक्छौँ ।  पर्खिनु विकल्प हुँदै होइन ।’ गणितको जित–हारले आफ्ना लागि खास महत्त्व नराख्ने उल्लेख गर्दै उनले राजनीतिक विजयका लागि मैदानमा आएको बताए ।

पोखरेललाई नेपाली चलचित्रका लोकप्रिय अभिनेता आर्यन सिग्देललगायतले समर्थन गरेका छन् । सिग्देलले आफूलाई पोखरेलको भिजन मन परेकाले समर्थन जनाएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *